पु.समाचार

राप्रपा अध्यक्ष कमल थापा पराजित, दाहालले मारे बाजी

मकवानपुर । राप्रपाका अध्यक्ष कमल थापा प्रतिनिसभा निर्वाचनमा पराजित भएका छन् । मकवानपु १ बाट चुनाव लडेका अध्यक्ष थापालाई एमालेका उम्मेद्वार कृष्णप्रसाद दाहालले पराजित गरेका हुन् । हाल उर्जामन्त्री समेत रहेका थापालाई दाहालले ५ हजार ९ सय ७३ मतान्तरले हराएका हुन् ।

दाहालले ४० हजार ६ सय ३१ मत प्राप्त गरेका छन् भने थापाले ३४ हजार ६ सय ५८ मत प्राप्त गरेका छन् । राप्रपाका अध्यक्ष थापालाई पराजित गरेर दाहाल तेस्रोपटक सांसद बनेका छन् ।

०४८ र ०५६ सालको निर्वाचनमा उनी सांसदमा निर्वाचित भएका थिए भने ०५१ सालको मध्यावधि चुनावमा भने दाहाल कमल थापासँग हारेका थिए ।