राजनीति

प्रधानमन्त्री देउवा भारी मतका साथ डडेल्धुराबाट विजयी

काठमाण्डौ । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट भारी मतले विजयी भएका छन् । आफ्ना निकटतम प्रतिद्धन्द्धी माओवादीका उम्मेद्वा खगराज भट्टलाई हराउँदै प्रधानमन्त्री देउवा विजयी भएका हुन् ।

देउवाले २८ हजार ४२ मत प्राप्त गरेका छन् भने भट्टले २१ हजार १ सय १५ मत ल्याएका छन् । कांग्रेस नेताहरुले देशभर हार बेहोर्नुपरिरहेका बेला सभापति देउवा भने भारी मतका साथ विजयी बनेका हुन् ।