राजनीति

भीमसेनदासको जितपछि काठमाण्डौमा काँग्रेसका चार स्थान सुरक्षित

काठमाडौं । काठमाडौं -६ मा नेपाली काँग्रेसका उम्मेदवार भीमसेन दास प्रधान विजयी भएका छन्। रक्षामन्त्री समेत रहेका कांग्रेस नेता प्रधान १६ हजार सात सय ८० मत ल्याएर विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका झक्कुप्रसाद सुवेदी १५ हजार चार सय ६७ मत ल्याएका छन्। निर्वाचन आयोगले प्रधानलाई विजयको प्रमाणपत्र प्रदान गरिसकेको अवस्था छ। प्रधानको विजय मतान्तर १३१३ छ ।

माओवादी केन्द्रका नेता सुवेदी १३ सय मत अन्तरले पराजित भएका हुन्। सुवेदी पहिलो संविधानसभाको चुनावमा काठमाडौं क्षेत्र नम्बर २ मा एमालेका तत्कालीन महासचिव माधव नेपाललाई पराजित गर्दै चर्चामा आएका थिए। त्यपछि एकजना सबैसाधारणले झापड हानेर उनी थप चर्चामा आएका थिए ।

यो विजयसंगै काठ्माण्डौमा १० मध्ये चार क्षेत्र काँग्रेसले विजय हाँशिल गरेको छ । काथमाण्डौ १ मा प्रकाशमान सिंह, काठमाडौ ४ मा गगन कुमार थापा र काठमाण्डौ १० मा राजेन्द्र कुमार केसीले यस अघि नै विजय हाँशिल गरिसकेका छन् ।