राजनीति

मोरगं २ मा डा. रिजालको बिजयले बच्यो गिरिजा प्रसादको ईज्जत !

बिराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले ३५ हजार ८ सय १९ मत ल्याएर विजयी भएका छन् । मोरगंको क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभाका लागी निर्बाचन लडेका डा. रिजालले १८०५ मतको अन्तरले निर्बाचनमा विजय हाँशिल गरेका हुन् ।
उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका ऋषिकेश पोख्रेलले ३४ हजार १४ मत ल्याएर पराजय भए ।
कडा प्रतिष्पर्धाका बिचमा भएको उक्त मतगणनामा डा. रिजालले विजय हााशिल गरेका हुन् । उनले गिरिजा प्रसाद कोईरालाको क्षेत्र भनेर मात्र नभइ काँग्रेसको किल्लाको रुपमा चिनिने मोरगंमा भएका ६ क्षेत्र मध्ये ५ क्षेत्र हारेपनि उक्त क्षेत्रमा विजय हाँशिल गरेर ईज्जत बचाएका छन् । काँग्रेसको बीउ बचाएका छन् ।