पु.समाचार

कांग्रेस नेता गिरीले लिए ह्वात्तै अग्रता

सिराहा– सिराहा क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार रहेका कांग्रेस नेता प्रदिप गिरीले अहिले अग्रता लिएका छन् । भर्खरै प्राप्त मतपरिणाम अनुसार १० हजार ७४ मतगणना हुँदा गिरीले ४ हजार ३ सय ९७ मत ल्याएर अग्रता लिइरहेका छन् ।

गिरीका निकटतम प्रतिद्धन्द्धी वाम गठबन्धनका गंगाप्रसाद यादवले ३ हजार १ सय ५३ मत ल्याएका छन् भने संघीय समाजवादी फोरमका उम्मेद्वारले एक हजार ८ सय १४ मत ल्याएका छन् ।