पु.समाचार

चुनाव जितेलगत्तै गगन थापाले दिए महत्वपूर्ण प्रतिक्रिया

काठमाण्डौ– नेपाली कांग्रेसका युवा नेता गगन थापाले अबको पाँच वर्ष आफुले मुलुकको विकास निर्माणका लागि गम्भीर रुपमा लाग्ने बताएका छन् । काठमाण्डौ क्षेत्र नम्बर– ४ बाट विजय प्राप्त गरेलगत्तै नेता थापाले सो प्रतिक्रिया दिएका हुन् ।

काठमाण्डौ– ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थापाले सम्पूर्ण मतदाताहरुलाई धन्यवाद दिँदै अबको पाँच वर्ष पूर्वप्रतिबद्धता अनुसार सार्वजनिक स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने बताए ।

यद्यपि, नेता थापाले मुलुकभरको चुनावी परिणामलाई भने कांग्रेसका लागि ठूलो दुर्घटना भएको बताए । नेता थापाले अब नेपाली कांग्रेस यो ढंगले चल्न नसक्ने प्रतिक्रिया दिए ।