राजनीति

काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले निर्बाचन परिणाम हारतर्फ उन्मुख !

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधि सभा को पछिल्लो मतपरिणाम अनुसार बाम गठबन्धनका उम्मेदवार कृष्ण कुमार श्रेष्ठ किसानले १०९७३ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका रामचन्द्र पौडेलले ९१९५ मत प्राप्त गरेका छन् । तनहुँमा मतगणना जारी छ । त्यस्तै लमजुङमा प्रतिनिधि सभाका उम्मेदवार देव गुरूङले २७२९१ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी दिलबहादुर घर्तीको पक्षमा २२५४६ मत खसेको छ । गुरूङ ४७४५ मतले घर्तीलाई पछि पारेका हुन् । लमजुङमा प्रतिनिधिसभातर्फ २६३५८, प्रदेश क मा १०४०९ र प्रदेश ख मा ९६६९ मतको परिणाम आउन बांकी छ । मतगणना जारी छ ।
मतान्तर भने पौडेल र श्रेष्ठको धेरैको छैन ।