राजनीति

यी हुन चुनाव हार्न नहुने कांग्रेसका एक दर्जन हेभिवेट नेता, जसको हारले मुलुक संकटमा फस्न सक्छ !

काठमाण्डौ । मुुलुकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी भैरहँदा अहिले एउटा बहस नेपाली राजनीतिक सतहमा अघि आएको छ । मुलुक र मुलुकका लागि हार्नै नहुने नेताहरुले हार बेहोर्ने स्थिति देखिएपछि केही नेताहरुको हारले देशलाई नै क्षति हुन सक्ने भन्दै बहस हुन थालेको छ ।

त्यसमा पनि नेपा्ली कांग्रेसका एक दर्जन नेताहरुले चुनावमा हार बेहोरे भने के आगामी दिनमा नयाँ संविधान कार्यान्वयन लगायतका महत्वपूर्ण कामहरु कसरी सम्पन्न होलान् ? भन्ने प्रश्न उठ्न थालेको छ ।

अहिले यो देशका लागि कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवादेखि कांग्रेसका केही युवा नेताहरुले हार्न हुँदैन । कांग्रेसका युवा नेता गगन थापाले जसरी जित हाँसिल गरेका छन्, त्यसैगरी अन्य केही नेताहरुले पनि हार्न नहुने देखिन्छ ।

यी हुन् कांग्रेसका हार्न नहुने नेताहरु
नेपाली राजनीति पछिल्ला वर्ष सहमति र सहकार्यको बाटोमा अघि बढिरहेको छ । तत्कालीन कांग्रेस सभापति एवम् प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अख्तियार गरेको यो बाटोमार्फतनै शसस्त्र युद्धमा रहेको माओवादीलाई उनले मूलधारमा ल्याउन सफल भएका थिए । स्व.कोइरालाको यो यो दरदृटि अनुसारनै मुलुक नयाँ युगमा प्रवेश गरेको थियो ।

त्यसपछि मुलुक संघीय ढाँचामा प्रवेश गरी नयाँ संविधान समेत बनिसकेको अवस्था छ । सोही नयाँ संविधानलाई कार्यान्वयन गर्ने महत्वपूर्ण अध्यायको रुपमा भर्खरै सम्पन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लिइएको छ ।

यही निर्वाचनमा मुलुकलाई शान्तिपूर्ण रुपमा अवतरण गराउन महत्वपूर्ण भूमिका खेल्ने पार्टी नेपाली कांग्रेस मतपरिणाममा पछि परेको छ । धेरै नेताहरुले हार्ने सम्भावना देखिएको छ । यद्यपि, यो पटक मुलुकमा नयाँ संविधानलाई कार्यान्वयन गर्नका लागि कांग्रेसका केही नेताहरुले हार्न हुँदैन ।

नयाँ संविधान कार्यान्वयनकै लागि भएपनि यो मुलुकमा कांग्रेस सभापति शेरबहादुर देउवा अनिवार्य व्यक्तित्व हुन्, जसले अहिले स्व.गिरिजाप्रसाद कोइरालाको उत्तराधिकारीको रुपमा काम गरिरहेका छन् । शान्तिप्रक्रियाको एउटा भागको नेतृत्व कांग्रेसले गरिरहेकोले पनि सो पार्टीका नेताहरुले हार्न हुँदैन । यदि कांग्रेसका हेभिवेट नेताहरुको हार भएमा शान्तिप्रक्रिया नै अधुरो रहन सक्ने विश्लेषण गर्न थालिएको छ ।

प्रधानमन्त्री देउवाजस्तै बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कृष्ण सिटौला, विलेन्द्र निधि लगायतका नेताहरुले पनि यो मुलुककै लागि अनिवार्य जित्नु आवश्यक छ किनभने उनीहरुको जित विना मुलुककका थुप्रै महत्वपूर्ण निर्णयहरु अनिर्णयको बन्दी बन्न सक्छन् ।

कांग्रेसका अर्जुनरसिंह केसी, विजय गच्छदार,नारायण खड्का,महेश आचार्य, चन्द्र भण्डारी, आरजु राणा, महेश आचार्य, प्रदिप गिरी, पूर्णबहादुर खड्का लगायतका नेताहरुले पनि जित्नु आवश्यक छ, किनभने यी नेताहरुको संविधान कार्यान्वयनमा महत्वपूर्ण भूमिका रहन सक्छ । गगन थापाले जित हासिल गरेका छन्, यो स्वागतयोग्य कुरा हो ।

त्यस्तै, भर्खरै हार बेहोरेका कांग्रेसका प्रभावशाली नेता शेखर कोइराला, विमलेन्द्र निधि लगायतका नेताहरुले पनि संविधान कार्यान्वयनमा महत्वपूर्ण भूमिका खेल्न सक्छन् । उनीहरुलाई नेतृत्वले प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहज ढंगले संविधान कार्यान्वयनको भूमिकामा अघि बढाउने वातावरण समेत निर्माण गर्नुपर्ने राजनीतिक विश्लेषकहरु बताउँछन् ।