पु.समाचार

ललितपुर–१ मा नवराज सिलवालको विजय निश्चित, २ र ३ पनि कांग्रेसले गुमायो

जावलाखेल । ललितपुर क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार नवराज सिलवाल १०२४८ मतसहित अग्रस्थानमा रहेका छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर राणाले ८२७७ मतसहित पछ्याइ रहेकाछन् ।
केही समयअघि प्रहरी नायव महानिरीक्षकबाट राजीनामा दिएर राजनीतिमा प्रवेश गरेका सिलवाललाई पार्टी प्रवेश गरेलगत्तै एमालेले टिकट दिएको थियो ।
२०७० मा ३ वटै निर्वाचन क्षेत्र जितेको कांग्रेसले यो पल्ट दुई क्षेत्र गुमाइसकेको छ । नतिजा आउन बाँकी रहेको ललितपुर १ मा पनि नेकपा एमालेका उम्मेदवार तथा पूर्व डिआइजी नवराज सिलवाल अगाडि रहेकाछन् ।
यसअघि ललितपुर ३ मा माओवादी नेतृ पम्फा भुषाल विजयी भएकी छन् । उनले २४ हजार ३६ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी नपाली कांग्रेसका उम्मेदवार मदनबहादुर अमात्यले २२ हजार ३ सय २९ मत प्राप्त गरेका थिए ।