पु.समाचार

कैलालीमा आरजु राणाको अग्रता बढ्यो

कैलाली । कैलालीको प्रतिनिधिसभा– ५ की उम्मेद्वार आरजु राणाले अहिले अग्रता लिएकी छन् । सुरुमा वाम गठबन्धनका नारदमुनि रानाले अग्रता लिएपनि भर्खरै आरजुले अग्रता लिएकी हुन् ।

पछिल्लो मतपरिणाम अनुसार आरजुले ८ हजार ९ सय ९० मत प्राप्त गरेकी छन् भने वाम गठबन्धनका नारदमुनिले ७ हजार ९ सय ७० मत प्राप्त गरेका छन् । कैलालीमा अहिले मतगणना जारी रहेको छ ।