पु.समाचार

लालबाबु पण्डितले हराए शेखर कोइरालालाई

मोरङ । नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले चुनाव हारेका छन् । नेता कोइरालालाई एमालेका उम्मेद्वार लालबाबु पण्डितले हराएका हुन् ।

नेता कोइरालालाई पण्डितले ६ सय ७५ मतको अन्तरमा हराएका छन् । पण्डितले ३३ हजार ९ सय ४१ मत प्राप्त गरेका छन् भने कोइरालाले ३३ हजार २ सय ६६ मत प्राप्त गरेका छन् ।

कोइराला परिवारका प्रभावशाली नेताका रुपमा उदाउँदै गरेका नेता कोइरालालाई मजदुर पृष्ठभूमीबाट आएका नेता पण्डितले हराएका छन् । पण्डित सर्लाहीमा जन्मिएर मोरङमा कर्मथलो बनाएका एमाले नेता हुन् ।