पु.समाचार

प्रधानमन्त्री देउवाले भारी मतान्तरले अग्रता लिदै

काठमाण्डौ । कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट निकै फरक मतान्तरले अग्रता लिएका छन् । देशभर कांग्रेस उम्मेद्वार पछि परिरहँदा प्रधानमन्त्री देउवाले भने भारी मतान्तरले प्रतिद्धन्द्धीलाई पछि पारेका हुन् । डडेल्धुरामा शुक्रबार रातीदेखि मतगणना सुरु भएको थियो ।

पछिल्लो मतपरिणाम अनुसार देउवाले ५ हजार ४ सय २६ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रका खगराज भट्टले २ हजार ७ सय मतसहित देउववालई पछ्याइरहेका छन् । यसबाट प्रधानमन्त्री देउवाको अग्रता बढ्दै जाने संकेत देखिएको छ ।