पु.समाचार

काठमाण्डौ– ४ बाट गगन थापा विजयी

काठमाण्डौ । नेपाली कांग्रेसका युवा नेता गगन थापा प्रतिनिधिसभा निर्वाचनमा विजय् िभएका छन् । थापा काठमाण्डौ– ४ बाट निर्वाचित भएका हुन् ।  केहीबेर अघि सम्पन्न् मतगणना अनुसार नेता थापाले निकटतम प्रतिद्धन्द्धी एमालेका उम्मेद्वार राजन भट्टराईलाई हराएका हुन् । थापाले भट्टराई ३ हजारभन्दा बढी मतको अन्तरमा हराएका छन् ।

थापाले २१ हजार ५ सय ५८ मत ल्याएका छन् भने भट्टराईले १८ हजार १ सय ४० मत पाएका छन् ।  २०७० सालको संविधानसभा निर्वाचनमा पनि थापाले यही क्षेत्रबाट विजयी जितेका थिए ।