राजनीति

गगन थापाको जित सुनिश्चिततातर्फ जाँदै, स्तब्ध युवामा आयो एक्कासी हसोल्लास !

काठमाण्डौ । आशाको किरणका रुपमा हेरिएका नेपाली काँग्रेसका युवा नेता गगन थापाले निर्बाचन हारे भन्ने म्यासेज सर्बत्र आएको थियो तर उक्त म्यासेज केहिबेरपनि टिक्न सकेन । पछिल्लो मतपरिणाम अनुसार गगन थापाले भण्डै १००० मतले एमालेका उमेर्द्वार राजन भट्टराईलाई पछाडी पारेका छन् ।

पछिल्लो मतगणना अनुसार गगन थापाको ६७३२ र राजन भट्टराईको ५८५२ मत छ । नेपाली काँग्रेसका कार्यकर्ताहरु काँग्रेसको नराम्रो नतिजा आएकोले चिन्तित देखिएपनि समग्र युवा सर्कलहरु गगनको नतिजा नराम्रो आएकोमा स्तब्ध थिए । सामाजिक सञ्जालहरुमा उनीहरु मौन देखिन्थे ।