पु.समाचार

रसुवाको प्रदेशसभा ‘क’ मा काँग्रेस विजयी

रसुवा । जिल्लामा प्रदेशसभा ‘क’ मा लोकतान्त्रिक गठबन्धनतर्फबाट नेपाली काँग्रेसका उम्मेदवार प्रभात लामा विजयी भएका छन्छ ।

मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले दिएको जानकारी अनुसार लामा ६ हजार ९७६ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का करन्याल तामाङले पाँच हजार १५२ मत प्राप्त गरे।

अहिलेसम्मको मतगणनामा प्रतिनिधिसभातर्फ काँग्रेसका मोहन आचार्यले सात हजार ६६९ मत प्राप्त गरेका छन् । वाम गठबन्धनका उम्मेदवार जनार्दन ढकालले पाँच हजार २६३ मत प्राप्त गरेका छन ।