खेलकुद

पोखरा राइनोज्–ट्यालेन्ट हन्ट २०१७

काठमाडौं । पोखरा राइनोज् ट्यालेन्ट हन्टमा प्रतिस्पर्धाका लागिदर्ता खुल्ला गरिएको छ । दर्ता प्रक्रियाविहान७ देखि बेलुकी ८ः३० बजे सम्मखुल्ला रहने जानकारी दिइएको छ । कार्यक्रममाजम्मा १ सय २० प्रतिस्पर्धीको सहभागिता रहेको थियो । पोखराका मेयर मानबहादुर जीसीले कार्यक्रमलाई सम्बोधनगर्दै प्रतियोगीहरुलाई स्पर्धाका लागिशुभकामना दिएका थिए । साथै उनले पोखरामा यस्ता प्रतिस्पर्धा तथा खेलको महत्वमाथि पनि प्रकाश पारेका थिए । साथै कार्यक्रमलाई कप्तान शक्ति गौचन तथा यूवा खेलाडी बिपिन खत्रीले पनि आफ्नो मन्तब्यक्त राखेका थिए ।
कार्यक्रम मार्फत प्रतियोगिताका सहभागिलाई ब्याट्सम्यान तथा बोलरका रुपमा विभाजन गरिएको विज्ञप्ति मार्फत जानकारी दिइएको छ । यसरी विभाजन गरिएका ब्याट्सम्यानमध्ये केही विकेटकिपर्स तथा अलराउन्डर पनि राम्रै संख्यामा देखिएको जानकारी दिइएको छ ।
ट्रायल सेसनको समाप्तिपछि छनोट मंडलले १ सय जना सहभागि मध्यबाट २४ जना खेलाडीको छनोट गरी चयन भएका प्रतियोगीहरुको नाम सार्वजनिक गरेका थिए । छनोटमा पर्न सफल सहभागिहरुको नाम यस प्रकार रहेको छ :

१. सगुनकार्की
२. रोनित बटाजु
३. दिपककुँवर
४. लक्ष्मण गोले
५. दिपक गुरुङ्
६. सुमन घिमिरे
७. किशोर चन्त्याल
८. सन्तोष क्षेत्रीथापा
९. शिव टिलिजा पूण
१०. कुशलमल्ल
११. मणीराम गुरुङ्
१२. सुदिपपौडेल
१३. देवशाह
१४. दिपेशकुमार
१५. विज्ञान विक्रम बिष्ट
१६. शुभमयादव
१७. प्रकाशखनाल
१८. प्रकाशखनाल
१९. सुवास खत्री
२०.अब्दुलखालिकमिया
२१. राजकुमार केसी
२२. विश्वास पराजुली
२३. नितेशगिरी
२४. प्रेम गुरुङ्
२५. किरण पौडेल
छनोटमा पर्न सफल खेलाडीलाई यस पश्चात २४ ओवरको म्याच खेल्न लगाइएको थियो । यस म्याचमार्फत छनोट समुहले २४ जनामध्यउत्कृष्ट ७को चयन गरेको जानकारी दिइएको छ । नविनझा र शक्तिगौचन निर्णायक मण्डलीमा रहेको छनोट समूहलाई उत्कृष्ट ७को छनोट गर्न निकै गाह्रो परेको थियो । आखिरमा निम्म उल्लेखित खेलाडीहरु अन्तिम छनोटमा पर्न सफलभएका छन् :

१. मेखबहादुर सेन
२. प्रकाशखनाल
३. विज्ञान विष्ट
४. दिपक गुरुङ्
५. कुशलमल्ल
६. सुमन घिमिरे
७. देवशाह
यसैगरी दूई खेलाडीलाई भने स्ट्यान्ड बाईका रुपमा राखिएको छ ः
स्ट्यान्ड बाइमा परेका खेलाडी ः
किरण पौडेल
विश्वास पराजुली
साथै सोहेल कुँवर र सृष्टि पौडेललाई दूई यूवा खेलाडीका रुपमा स्पेशल ईन्ट्रिपनि प्रदानगरिएको थियो ।
छनोटमा परेका उत्कृष्ट सातलाई भने डिसेम्बर १२ देखि पोखरामा सञ्चालनहुने क्याम्पमा राखिने जानकारी दिइएको छ । यी खेलाडीलाई टिमको साथमा तालिम प्रदान गरिने र उत्कृष्ट एकको छनोट गरिनेछ । यसरी छनोटमा पर्ने खेलाडीलाई पोखरा राइनोज्को समुहमा सहभागिभई आयोजना हुनगइरहेको टीभीएस एभरेष्ट प्रिमियर लिगमा समावेस हुने अवसर प्रदान गरिनेछ ।