पु.समाचार

रसुवामा कांग्रेसका उम्मेद्वार आचार्यको अग्रता ह्वात्तै बढ्यो !

रसुवा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना जारी रहेकै बेला रसुवाको मतपरिणाम सार्वजनिक भएको छ । रसुवा प्रतिनिधिसभाको एकमात्र निर्वाचन क्षेत्र रहेको जिल्ला हो ।

पछिल्लो मतपरिणाम अनुसार सो जिल्लामा नेपाली कांग्रेसका उम्मेद्वार मोहन आचार्यले ४ हजार ७ सय ७२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी बाम गठबन्धनका उम्मेद्वार एमाले नेता जनार्दन ढकालले ३ हजार ३ सय ३२ मत प्राप्त गरेका छन् ।

त्यस्तै सोही जिल्लाको प्रदेश क मा कांग्रेसका उम्ेद्वार प्रभात लामाले ३ हजार ६ सय ९ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेद्वार कर्णेल तामाङले तीन हजार १९ मत प्राप्त गरेका छन् ।