पु.समाचार

दोलखामा वाम गठबन्धनको अग्रता कायमै

दोलखा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दोलखाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो मतपरिणाम अनुसार वाम गठबन्धनका उम्मेद्वार पार्वत गुरुङले ६ हजार ६ सय ९५ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्म्द्वार रुद्रबहादुर खड्काले २ हजार ७ सय ०८ मत प्राप्त गरेका छन् ।

त्यस्तै प्रदेश क मा वाम गठबन्धनका उम्मेद्वार विशाल खड्काले ६ हजार २ सय २७ मत प्राप्त गरेका छन् भने कांग्रेसका बर्मा लामाले २ हजार १ मत प्राप्त गरेका छन् ।

त्यस्तै प्रदेशसभा तर्फ वाम गठबन्धनका उम्मेद्वार पशुपति चौंलागाईले ४ हजार ६ सय ८० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी केशवराज चौलागाईले १७ सय ७१ मत प्राप्त गरेका छन् । त्यस्तै नेकपा मालेका लालकुमार केसीले १६ सय ५६ मत प्राप्त गरेका छन् ।