पु.समाचार

यस्तो छ सिन्धुपाल्चोकको भर्खरै प्राप्त मतपरिणाम

सिन्धुपाल्चोक– सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्दका उम्मेद्वार अग्नि सापकोटाले अग्रतालाई बढाउँदै लगेका छन् । नेपाली कांग्रेसका उम्मेद्वार मोहनबहादुर बस्नेत प्रतिस्पर्धी रहेको सो क्षेत्रमा वामगठबन्धका उम्मेद्वार सापकोटाले ३ हजार ३ सय भन्दा बढी मतले पछाडी पारेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार पूर्वसञ्चारमन्त्री रहेका सापकोटाले ७ हजार ६ सय ६६ मत र वर्तमान सञ्चारमन्त्री समेत रहेका बस्नेतले ४ हजार ३ सय ५ मत प्राप्त गरेका छन् ।

त्यस्तै सोही जिल्लाको क्षेत्र नम्बर २ मा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष समेत रहेका उम्मेद्वार पशुपति शमशेर राणा र एमाले उम्मेद्वार शेरबहादुर तामाङबीच कडा टक्कर परिरहेको छ । सो क्षेत्रमा कहिले राणा त कहिले तामाङले अग्रता लिइरहेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार एमालेका शेरबहादुर तामाङले ७ हजार ६ सय ३१ मत ल्याएका छन् भने राणाले ७ हजार १ सय ४१ मत प्राप्त गरेका छन् ।