पु.समाचार

पूर्वी रुकुममा माओवादी केन्द्रकी उम्मेद्वार रोका विजयी

रुकुम । पूर्वी रुकुममा माओवादी केन्द्र विजयी भएको छ । सो जिल्लामा माओवादी केन्द्रकी उम्मेद्वार कमला रोका विजयी भएकी छन् । प्रतिनिधिसभातर्फकी माओवादी केन्द्रकी उम्मेदवार रोकाले आफ्ना प्रतिद्धन्द्धी कांग्रेसका हरिशंकर घर्तीलाई १४ हजार ४ सय ३४ मत ल्याएर पराजित गरेकी हुन् ।

घर्तीले ४ हजार ४ सय ६ मत पाएका थिए । रुकुम पूर्वमा २७ हजार ९ सय २८ मतदाता रहेका छन् ।