पु.समाचार

सिन्धुपाल्चोकमा मतगणना शुरु

सिन्धुपाल्चोक । जिल्लामा साँझ ५ बजेदेखि मतगणना सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार अहिले दुई स्थानमा मतगणना शुरु भएको छ । निर्वाचनमा दुई लाख २६ हजार ५४० मतदातामध्ये एक लाख ५६ हजार ३१२ मत खसेको थियो । जिल्लामा प्रतिनिधिसभातर्फ क्षेत्र नंं १ मा १३ र २ मा नौ जना प्रतिष्पर्धामा छन् ।
रसुवा– पहिलो चरणमा सम्पन्न प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनको मतगणना शुरु भएको छ ।

जिल्लामा कुल ३२ हजार ३३२ मतदातामध्ये २६ हजार ९४ मत खसेको थियो । जिल्लाबाट प्रतिनिधिसभातर्फ सात जना चुनावी प्रतिष्पर्धामा छन् ।
म्याग्दी– आज साँझदेखि मतगणना सुरु भएको छ ।

सदरमुकाम बेनीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा साँझ ५ बजेदेखि मतगणना शुरु भएको हो । मतगणनाको निगरानी गर्न सिसी टिभी क्यामेरा जडान गरिएको छ ।
जिल्लामा ७५ हजार ५३७ मतदाता रहेकामा ४७ हजार ४४९ मत खसेको थियो । प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको म्याग्दीमा १३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।