पु.समाचार

मतदान गरेलगत्तै कृष्ण सिटौलाले सम्झे जनता, दिए यस्तो प्रतिक्रिया

झापा । नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार कृष्णप्रसाद सिटौलाले यो निर्वाचनबाट जनता मालिक बन्ने बताएका छन् । निर्वाचन हुँदैन भनेर हल्ला फैलाउनेहरु असफल बनेको भन्दै उनले जनता मालिक बन्न यो निर्वाचन महत्वपूर्ण रहेको बताएका हुन् ।

भद्रपुर १० स्थित कलवलगुरी आधारभूत विद्यालय मतदान स्थलबाट मतदान गरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले भने, ‘नेपालको राजनीतिमा पहिलो पटक नेपाली जनता सार्वभौम भएर संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा लाने निर्वाचनमा भाग लिन पाएका छन् ।

संघीयता, बहुलवाद र गणतन्त्र संस्थागत हुने यस निर्वाचनले परिवर्तनका पक्षधरलाई अनुमोदन गरी देशलाई सम्बृद्धि तर्फ लाने विश्वास छ ।’