अन्तर्राष्ट्रिय

चीन, रुस र भारतका विदेश मन्त्रीबीच भेटवार्ता हुँदै

एजेन्सी ।  चिनियाँ विदेश मन्त्री वाङ यी चीन, रुस र भारतका विदेश मन्त्रीबीच हुने छलफलमा भाग लिन लागेका छन् । आगामी डिसेम्बर ११ मा भारतको राजधानी नयाँ दिल्लीमा हुन लागेको तीन देशको विदेश मन्त्रीबीचको यो १५ औँ छलफल हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ शुआङ्गले बुधबार सो जानकारी दिएका छन् । यस छलफलका क्रममा विदेश मन्त्रीहरूले राष्ट्रिय अन्तर्राष्ट्रिय मुद्दामा विचार आदानप्रदानलगायत एक आपसमा सहयोग र सहकार्यको विषयमा वार्ता हुने बताइएको छ ।