राजनीति

काँग्रेस प्रदेश ‘क’ का उमेर्द्वार दीपेन्द्रका दाजु मिलन श्रेष्ठ पक्राउ घटना यस्तो छ

काठमाण्डौ । नयाँबानेश्वरबाट प्रहरीले पक्राउ गरेका भनिएका ज्ञानेन्द्र श्रेष्ठ बिहान प्रहरीले पक्राउ गरेको भनिए पनि सामान्य सोधपुछ पश्चात छाडिएको बताइएको छ । गुण्डागर्दी, चन्दा अशुली, अपहरण जस्ता केसमा संलग्न भएको आरोप लगाउदै डनको संज्ञा दिएको प्रहरीले चुनावमा अवान्छीत घटना हुने आशंका जनाउदै ज्ञानेन्द्र श्रेष्ठलाई ह्वाईटहाउस नजिकै आफ्नै निवास अगाडीबाट बिहान प्रक्राउ गरेको भनिएको थियो । पत्रपत्रिकाहरुमा ३ घण्टा पक्राउ परेर प्रकाशमानको दबाबमा छाडिएको भनिए पनि काहाँ थुनिएको भन्ने स्पष्ट छैन ।
मिलन सेक्सीका नामले चिनिने श्रेष्ठ काठमाण्डौ क्षेत्र नम्बर १ ‘क’ का नेपाली काँग्रेसका प्रत्यक्ष तर्फका उमेर्द्वार दिपेन्द्र श्रेष्ठका दाजु हुन् । स्थानीय तहको निर्बाचनमा प्रहरीले केहिदिन थुनेको भएपनि यसपटक कुनै पनि गतिबिधिमा संलग्न भएको प्रमाण नभेटिएको र कुनैपनि प्रकारका हुलदुंगा नगर्ने मौखिक सहमतिमा थुनामा नराखिएको प्रहरी प्रवक्ताले बताएका छन् ।
प्रदेश ‘क’ नेपाली काँग्रेसका उमेर्द्वार दीपेन्द्र श्रेष्ठलाई निर्बाचनमा टिकट दिलाउनेदेखी जिताउन सम्म साम दाम दण्डभेद अपनाएर लागेका मिनल भनिने ज्ञानेन्द्र श्रेष्ठ पछिल्लो समयमा समाजसेवामा लागेपनि बिपक्षीहरुको पोलका आरोपमा प्रक्राउ परेपनि उक्त काठमाण्डौ क्षेत्र नम्बर १ प्रतिनिधिसभाका उमेर्द्वार प्रकाशमान सिंहले गृहमन्त्री समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्न लगाएर छुटाएको काँग्रेस स्रोतको दावी छ ।
मिलन प्रकाशमान सिंह र आफ्ना सहोदर भाई दीपेन्द्रलाई बिजय गराउन जीउ ज्यान दिएर लागी परेका र काँग्रेसले जित्ने देखेपछि बाम गठबन्धनको सेटिगंमा प्रहरीले फसाउन खोजेको नाम भने शर्तमा काठमाण्डौका एक प्रभाबशाली काँग्रेस नेताले सुर्यखबरलाई बताए । उनका अनुसार दीपक मनागें, गणेश लामा, मीनकृष्ण महर्जन उमेर्द्वार छन् भने चरी, घैंटे प्रहरीले इनकाउण्टरमा मारिईसकेका छन् । सिआईवी प्रमुख पुष्कर कार्कीले गुण्डागर्दी अन्त्य गर्न कुनै कशर बाँकी नराख्ने बताएका छन् ।