उर्जा

निर्बाचनको अघिल्लो दिन काठमाण्डौ अन्धकार, कुलमान भन्छन् केहिबेरमा उज्यालो हुन्छ

काठमाण्डौ । काठमाण्डौ, ललितपूर र भक्तपूरका अधिकांस स्थानमा लोडसेडिगं भएको छ । भोली २१ गते निर्बाचन हुंन लाग्दा एक दिन अगाडी आधा घण्टा भन्दा अघिदेखि लोडसेडिगं भएको छ । यसैबिच बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिगंलेभक्तपूर र ललितपुरका केहि तारहरु चुडिएकाले लोडसेडिंग भएको र केहिबेरमा नै बिद्युत सूचारु हुने बताएका छन् ।
सर्बसाधारणहरु भने प्रतिनिधि सभा र प्रदेश सभा निर्बाचनको एकदिन अगाडी यसरी लोडसेडिंग हुंदा आत्तिएका छन् । बिद्युत प्राधिकरणका कुलमान घिसिंग प्रबन्ध निर्देशक भएपछि १६ घण्टासम्म हुने लोडसेडिगं हटाएका थिए । धेरै समयदेखि लोडसेडिंग नभएकोले एक्कासी आधा घण्टा लोडसेडिगं हुंदा सर्बसाधारण आत्तिएका हुन् ।