राजनीति

मौन अवधि मनी अवधिमा बदलिंदै, महतोले भन्छन्, ‘निधिले पैसा बाँडे’ निधि भन्छन्, ‘महतोले बाँडे’

जनकपुर । मतदानको ४८ घण्टा पहिले शुरु भएको मौन अवधि उम्मेद्वार र मतदाताका लागि मनि अवधिमा बदलिएको छ । गाँउ–गाँउ, टोल–टोलमा पार्टीका नेता कार्यकर्ता र उम्मेद्वारका आसे–पासेहरु पैसा बोकेर मतदाता खरिद बिक्रिमा जुटेका छन् ।
धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिष्ठाको लडाई गर्दै नेपालि कांग्रेसका उम्मेद्वार बिमलेन्द्र निधिले एनी हाऊ निधि जिताउ भन्दै आफ्नो क्षेत्रमा पैसा बाँडीरहेका छन् । स्रोतले जानकारी दिएअनुसार मंगलवार राति प्रहरीको स्कर्टिंगमा ३५ वटा गाडी लिएर निधि आफै धनौजी गाँउ गएका थिए ।
रातभरि धनौजी गाँउपालिकाको एक–एक परिवारमा आफ्नो मान्छे पठाएर प्रति परिवार १०–१० हजार रुपैयाँ दिएको खुलासा भएको छ । धनौजी एमालेका नेता राजकुमार यादवले यस कुराको पुष्टि गर्दै भने– ‘कांग्रेस यतिसम्म अत्तत्तालिएको छ कि, एमालेको नेता भएको कुरा थाहा हुँदा हुँदै पनि मेरो पनि घरमा आउने हिम्मत गरे ।’
यस्तै फोरम नेपालका स्थानीय नेता प्रमोद कुमार साहुले आफुले पैसा फिर्ता गरेको दाबि गरेका छन् । साहुले आफ्नो र आफ्नो छर छिमेकीहरुले नेपालि कांग्रेसको पैसा नलिने र आफुहरुले मधेशी दललाई मात्र भोट हाल्ने बताए ।

नेपाली काँग्रेसबाट उमेर्द्वार बनेका निधि पक्षले भने महतोले प्रसा बाँडेर चुनाव जित्न खोजेको आरोप लगाएको छ । महतो र निधिको क्षेत्रमा सुरक्षामा केहि गडबढी हुने अनुमान भएको अनुमान गरिएकाले सुरक्षा ब्यवस्था समेत अत्यन्तै कडा बनाइएको छ ।