आर्थिक

सिटिजन्स बैंकको अत्याधुनिक वेवसाइट

काठमाण्डौ । नेपालको बैंकिङ्ग क्षेत्रमा फरक पहिचान बनाउन सफल रहेको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो अत्याधुनिक website सार्वजनिक गरेको छ।यस website लाई www.ctznbank.com मा हेर्न सकिने छ । यस website लाई Dynamic version मा स्तर बृद्वि गरिएको छर अव उपरान्त यस लाई कुनै पनि स्मार्ट फोन बाट सजिलै प्रयोग गर्न सकिने छ।
यस website  मा घरबाट नै खाता खोल्न मिल्ने , कर्जाको लागी आवेदन दिन मिल्ने तथा अरु अत्याधुनिक सुविधाहरु उपलब्ध छ । Online ASBA, Demat, KYC, Mero Share, Smart Banking जस्ता आकर्षणहरु रहेको योेwebsite अत्यन्तै ग्राहक मुखी रहेको बैंकले जनाएकाे छ । सरोकारवालाहरुले बैंकको बारेमा प्राथमिक जानकारी लिन अब बैंक धाउनु पर्ने अवस्था को अन्त्य हुनेछ ।
यस नयाँ website को सर्वजनिकरण गर्दै गर्दा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री गणेश राज पोखरेललेसमयको प्रवाहसंग बैंकचल्दै आएकोे कुरा व्यक्त गरे । आगामी दिनहरुमा पनि बैंक नयाँ प्रविधिलाई आत्मसाथ गर्दै नेपाली जनताको घर दैलोमा बैंकिंग सेवालाई सरल र छरितो रूपमा पुर्याउन बैंक कटिवद्ध रहेको कुरा जानकारी गराए । साथै यस website लाई अझै प्रभावकारी बनाउनका निम्ति ग्राहक वर्गमा सल्लाह एवम सुझावको अपेक्षा राखे ।