अन्तर्राष्ट्रिय

मारिए यमनका पूर्व राष्ट्रपति

एजेन्सी ।  यमनबाट प्राप्त विवरणहरुका अनुसार भूतपूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेह उनका पूर्व साझेदारहरुसँगको लडाईँका क्रममा मारिएका छन्।

हुथी विद्रोहीहरुले नियन्त्रण गरेको एक संचारमाध्यमले अधिकारीहरुलाई उद्धृत गर्दै देशद्रोही लडाकूले निम्ताएको संकटको अन्त्य भएको र त्यसको नेता मारिएको घोषणा गरेको छ।

साउदी स्वामित्वको टेलिभिजन संस्था अल-अरेबियाले सालेहका जेनरल पिपल्स कंग्रेस पार्टीसँग सम्बन्धित स्रोतहरुले पनि उनी मारिएको पुष्टि गरेको उल्लेख गरेको छ।