पु.समाचार

राजधानीमा युवा नेता गगन थापालाई मार्ने हेतुले यसरी गरियो बम हमला

काठमाण्डौ । घरदैलो गर्ने क्रममा काठमाण्डौको चपलीमा घरदैलो गर्ने क्रममा नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापा सहित एक दर्जन घाईते भएका छन् ।

शिक्षण अस्पतालका डाक्टर प्रा. डा. प्रतापनारायण प्रसादका अनुसार दुईजनाको अवस्था गम्भिर छ । नेपाली काँग्रेसका युवा नेता समेत रहेका पूर्ब स्वास्थ्यमन्त्री थापालाई बमको छर्राले लागेको हो, एसएसपी रविनद्र धानुकले भने । उनको ढाडमा केही चोट लागेको छ । एक्सरे भईरहेको छ । घाईतेहरुमा श्यामकृष्ण श्रेष्ठ, जयराज लामिछाने, राजकाजी श्रेष्ठ, ध्रुब खड्का, पूर्णबहादुर श्रेष्ठ, सुमन खड्का, रबिन्द्र कार्की, काशि श्रेष्ठ, पर्शुराम थापा, सबिनबाबु मुडवरी लगायत रहेका छन् ।

२१ गतेको निर्बाचन आउन केहिदिन मात्र बाँकी रहदै गएका बेला बम हमला हुने क्रममा आज काँग्रेस नेता गगन थापामाथी आक्रमण भएको हो । काँग्रेसले लोकतान्त्रीक गठबन्धन र एमालेले बाम गठबन्धन गरेर दुई ध्रुबतिर राजनीति गईरहेका बेला देशका आशालाग्दा युवालाई मने लक्षले गरिएको बम हमलाले मुलुकमा शान्ती हुने कुरामा शंका गर्ने अनुमान लगाउन सकिन्छ ।

काँग्रेसका केन्द्रय तहका नेताहरु, प्रहरीका हाकिमहरु लगायत युवा नता थापालाई शिक्षण अस्पतालमा हेर्न जानेहरुको ताँती लाग्न थालेको छ ।