विशेष

बिक्रम पाण्डे प्रश्न गर्छन्, दुईपटक प्रधानमन्त्री भएर पुष्पकमलले बाँदरमुढेका जनतालाई के गरे त ?

नारायणघाट । पूर्बप्रधानमन्त्री स्वर्गीय शुशील कोईरालाको निर्बाचन क्षेत्र चितवन ३ बाट निर्बाचन लड्न लागेका बिक्रम पाण्डेले आफ्ना प्रत्यासी पुष्पकमल दहाललाई हराईदिने दाबी गरेका छन् । ०७० सालको निर्बाचनमा नेताहरु दुईठाउबाट निर्बाचन लड्ने संबैधानिक ब्यबस्था भए बमोजिम शीर्ष नेताहरु दुई ठाउबाट निर्बाचन लड्ने तर पछिल्लो समयमा एक ब्यक्ती एक ठाँउभन्दा बढी निर्बाचन लड्ने परम्पराको संबैधानिक ब्यबस्थाको अन्त्य भएपश्चात माओबादी केन्दका अध्यक्ष फन्दामा परेका हुन् ।
पहिलो संबिधानसभा निर्बाचनमा काठमाण्डौ १० र रोल्पा दुबै ठाँउबाट निर्बाचनमा सिबजयी शाँशिल गरेका दाहालले दोस्रो संबिधानसभामा काठ्माण्डौ १० का जनताले लज्जास्पद रुपमा हराएका थिए, सिराहाबाट समेत निर्बाचन लडेका दहालले पराजित भएका भएपनि फिक्सिङ गरेर जिताईएको बताईने गरेको छ ।

कालीका कन्ष्ट्रक्सनका प्रमुख समेत रहेका उद्योगपति एबम् समाजसेवी बिक्रम पाण्डेले आफूले कसैको हत्या पनि नगरेको, कसैको सिंदूर पनि नपुछेको हुनाले चितवनका जनताले पुष्पकमल दाहाललाई चिनेर मतदान नगर्ने र आफूलाई विजयी गराउने कार्यक्रममा बताउने गरेका छन् । केहिदिन अगाडीमात्र भएको एउटैमात्र पुत्र समेत गुमाएका पुष्पकमल दाहालले बाँदरमुढे लगायतका घटनामा पटक पटक माफ माग्ने काम गरेपनि उक्त घटना माफि पाउने खाल्को नभएको राप्रपा प्रजातान्त्रीकका उपाध्यक्ष समेत रहेका उमेर्द्वार पाण्डेको छ ।
पाण्डेको बिचारमा स्थानीय तहको निर्बाचनमा काँगेसलाई झुक्याएर आफ्नी छोरी रेणुलाई मेयर बनाएपनि अब काँग्रेसमात्र नभएर एमाले र साधारण जनताले समेत आफूलाई जिताएर चितवन जिल्लाका लागी न्याय गर्छन् ।

उनले आफू राप्रपाका अध्यक्ष भन्दा पनि देशकै प्रधानमन्त्री हुने समेत बताउने गरेका छन् । पाण्डेको प्रश्न गर्छन्, अध्यक्ष दाहालले दुईपटक प्रधानमन्त्री भएर बाँदरमुढेका जनतालाई के राहत दिए त? जहिले पनि ढाँट्ने र जनतालाई दुःख दिने पार्टी नै माओबादी भएको र आफू लोकतन्त्रका लागी, जनताको सेवाका लागी सधैं हाजिर हुने हुंदा बिगतका मेरा काम समेत हेरेर आफूले जित्नेमा शंका नभएको पाण्डेको भबिश्यबाणी छ । दाहालले प्रधानमन्त्री भएपनि बाँदरमुढेका जनतालाई माफ माग्ने र छेउमा गयो भने आँशु झारेर रोएको नाटक गर्ने बाहेक कुनैपनि राहत दिन नसकेको मन्त्री पाण्डेको तर्क छ ।
पाण्डे नेपाली काँग्रेस लगायत लोकतान्त्रीक गठबन्धनबाट उमेर्द्वार छन् भने माओबादी केन्द्रका अध्यक्ष दहाल एमालेसहित बाम गठबन्धनबाट उमेर्द्वार बनेका छन् ।