आर्थिक

एनएमबि बैंक — सन् २०१७ को उत्कृष्ट बैंकको रुपमा सम्मानित

काठमाण्डौ । एनएमबि बैंकलाई लण्डन स्थित फाइनान्सियल टाइम्सद्वारा सन् २०१७ को गौरवपूर्ण सम्मान बैंक अफ दि ईयर २०१७ प्रदान गरिएको छ ।

उक्त अवार्ड नेपालका वाणिज्य बैंकहरुमध्येको एक उत्कृष्ट बैंक भएको प्रमाण हो भनें बैंकले विगतका केही वर्षहरुमा गरेको उल्लेखनीय प्रगतिको समेत साक्षी हो । एफएमओ, नेदरल्याण्ड्ससँग विदेशी साझेदारका रुपमा सहर्काय गर्दै र ग्लोबल एलायन्स फर बैंकिङ्ग अन् भ्यालुज् (जिएबिभि) को सदस्य रहेकाले बैंकको गरिमा अझ उच्च् हुन पुगेकाले समेत अवार्डबाट सम्मानित हुन पुगेको छ ।

२०१७, नोभेम्बर २९ तारिख, लण्डनमा आयोजित अवार्ड वितरण समारोहको भव्य सन्ध्यामा एनएमबि बैंकका अध्यक्ष  पवन कुमार गोल्यान र प्रमुख कार्यकारी अधिकृत सुनील के.सी.ले संयुक्त रुपमा उक्त सम्मान ग्रहण गरेका छन् ।

बैंक अफ दि ईयर अवार्ड विश्वव्यापी रुपमा बैंकिङ्गका लागि तोकिएको मापदण्ड अनुसार उत्कृष्ट ठहर भएका बैंकलाई दिइने प्रतिष्ठित सम्मान हो । बैंकले आफ्ना शेयरहोल्डरहरुलाई प्रदान गरेको लाभ, बैंकको वित्तीय कार्यक्षमताको प्रदर्शनी, शेयरहोल्डरहरुको मुल्य मान्यता, सेवाग्राहीहरुको सक्रियता लगायत अन्य माणकहरुका आधारमा विजेताको छनोट गर्ने गरिन्छ । सो अवार्ड बैंकले आफ्ना सेवाग्राहीहरु र सम्पूर्ण सरोकारवालाहरुलाई उत्कृष्टता प्रदान गर्न निरन्तर गरिरहेको प्रयत्न प्रतिको एक पुष्ट्याईं पनि हो ।

“यो अवार्ड बैंकलाई निरन्तर साथ दिंदै आउनु भएका आदरणीय ग्राहक महानुभावहरु, शेयरहोल्डर महानुभावहरु, कर्मचारीहरु, नियमनकारी निकायहरु र शुभेच्छुक महानुभाव एवं संघ संस्थाहरु सबैमा सगर्व समर्पित गर्दछौं । समृद्ध नेपाल निर्माणमा अझ कडा मेहनतका साथ जुट्न हामीलाई हाम्रो यो सफलताले अझ प्रतिबद्ध बनाएको छ ।” एनएमबि बैंकले भनेको छ ।