पु.समाचार

युवासंघका पूर्बअध्यक्ष एबम् पूर्बमन्त्री बस्नेतको घरमा बम

भक्तपुर । भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका पूर्वमन्त्री एवं नेकपा(एमाले)का युवा नेता महेश बस्नेतको गुण्डुस्थित घरको गेटमा बम भेटिएको छ ।

आईतबार राती करिब ८ बजे बस्नेतको घरको बाहिरको मूल गेटमा नयाँ ठूलो झोलामा शंकास्पद वस्तु राखेर झुण्ड्याएको अवस्थामा भेटिएपछि स्थानीयवासीले सुरक्षाकर्मीलाई खबर गरेका थिए ।

खबर पाएपछि पुगेका नेपाली सेना र प्रहरीको टोलीले राति करिब ९ बजे बमलाई निष्क्रिय गरेको प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । उम्मेदवारको परिवार र स्थानीय बासिन्दालाई आतंकित पार्न यस्तो प्रयास गरेको हुनसक्ने स्थानीयवासीले बताएका छन् ।
बस्नेत एमालेको भातृसंगठन युवासंघका पूर्बअध्यक्ष समेत हुन् ।