सूचना प्रविधि

डोको भरि डिस्काउन्ट २०७४ योजना

काठमाण्डौ । स्मार्ट डोकोले २६ नोभेम्बर देखि १० डिसेम्बरसम्म आफ्नो अनलाइन पोर्टलमा विभिन्न सामानहरु खरिद गर्दा ७० प्रतिशत सम्मको छुट दिनडोको भरि डिस्काउन्ट योजनालाई अगाडि सारेको छ । यस योजनामा विद्युतीय सामान, पहिरन, मोबाइलफोन, घडि, घरायसी सामाग्रीहरु, बेबी केयर सम्बन्धी सामान तथा अन्य थुप्रै सामानहरुमा विशेष छुटको व्यवस्था मिलाएको छ ।

डोको भरि डिस्काउन्ट योजनाअन्तर्गत विभिन्न ब्राण्डका जस्तैः सोनि, फिलिप्स, सामसङ, कलर्स, वर्लपूल, याडिडास, रिबक, लेभिस, फार्लिन, अमेरिकन टुरिस्टर, लुमिनार्क लगायत थुप्रै ब्राण्डका सामानहरु विशेष छुटका साथउपलब्ध रहेका छन् । स्मार्टडोकोमा १८ भन्दा धेरै उत्पादन समुह (प्रोडक्ट क्याटगोरी) रहेको छन् भने त्यस अन्तर्गत अन्य उपसमुह पनि रहेका छन् । यहाँ ग्राहकले सहजै रुपमा मोबाइल फोन, विद्युतीय सामान, फेसन आइटम, बच्चाका सामान, घरपालुवा जनावरहरुलाई आवश्यक पर्ने सामान, खाद्यएवं पेय पदार्थ लगायत अन्य थुप्रै सामानहरु पाउनुहुने छ ।
स्मार्टडोकोमा एक क्लिकका भरमाकिनिएको सामान सहजै रुपमाग्राहकको घरको ढोकासम्म आइपुग्छ रिंरोड भित्रतथा देशमा प्रमुख शहरहरुमा निःशुल्क डेलिभरीको व्यवस्थापनि स्मार्टडोकोले गरेको छ । त्यसैले डोको भरिको डिस्काउन्ट योजना अन्तर्गत ग्राहकहरुले विशेष डिस्काउन्टमा विभिन्न सामानहरु खरिदगर्न सक्नुहुने छ । त्यसैले १० डिसेम्बर अगाडि आफूलाई चाहिएको सामान डोको भरिको डिस्काउन्टमा खरिद गर्नुहोस्

स्मार्ट डोको एप्स एनड्रोइड तथा आइफोनका लागि उपलब्ध रहेको छ । एप्स डाउनलोड गर्न कृपया kofsmartdoko.com  वा गगुल प्ले वा आइस्टोरमा भिजिट गर्नुहोला ।