आर्थिक

ज्योति विकास बैंक राप्ती गाँउपालिकाको मौरीघाटमा

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले देशभर आफ्नो सेवा विस्तार गर्ने क्रममा शुक्रबारदेखि दाङजिल्लाको राप्ती गाँउपालिका-४, मौरीघाटमा नयाँशाखा कार्यालय स्थापना गरी एक बिशेष समारोहका बिच औपचारिक रुपमा संचालनमा ल्याएको छ । राप्ती गाँउपालिका वडा नं. ४ भित्र पहिलो बैंकको रुपमा ज्योतिविकास बैंकको यस शाखाले आफ्नो कारोवार संचालनमा ल्याएको हो । उक्त शाखा कार्यालयको समुद्घाटन समारोहका प्रमुख अतिथि राप्ती गाँउपालिका प्रमुख नुमानन्द सुवेदीे तथा ज्योति विकास बैंकको संचालक समितिका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरेका थिए । यो शाखा सहित दाङ जिल्लामा यस बैंकको ४ बटा शाखाकार्यालय भएका छन् ।

आफ्नो सेवाक्षेत्रलाई ग्रामीण भेग र वित्तीय पहुँच नपुगेका स्थानहरुमा शाखा विस्तार गर्दै लगिने र मुनाफालाई मात्रनहेरी सामाजिक उत्तर दायित्व र सेवाभाव समेतलाई जोड दिँदै आएको कुरा कार्यक्रमका सभापतिएंव बैंकको संचालक समितिका अध्यक्ष हरि चन्द्र खड्काले जानकारी गराए । उक्त कार्यक्रममा राप्तीे गाँउपालिका वडा नं.-४ का अध्यक्ष विष्णु बहादुर घर्ती क्षेत्री, राप्तीउद्योग वाणिज्यसंघका कार्यवाहक अध्यक्ष टोप बहादुर कार्की, सिसहनीय उद्योग वाणिज्यसंघकाअध्यक्ष पूर्ण बहादुर बुढाथोकी, बैंकका कम्पनी सचिव मदनकुमार महत, राप्तीे गाँउपालिकाको विभिन्न वडाका प्रतिनिधिहरु लगायत अन्य विशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथिले बैंकको उत्तरोत्तर प्रगतिको कामनागर्दै बधाई दिएका थिए ।

२०६५ सालश्रावण ९ गतेबाट राष्ट्रियस्तरको विकास बैंकको रुपमा संचालनमाआएको यस बैंकको ४६ वटा शाखाकार्यालय र १४ वटा एटिएम मार्फत विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, आश्वा लगायतका सम्पुर्ण आधुनिक बैकिंङ्ग सेवाहरु ग्राहकहरुलाई उपलव्धगर्नुका साथै स्थानीय स्तरमाकृषिउत्पादन, पशुपालन, फलफूल खेती, उद्योग, व्यापार व्यवसाय समेतमा केन्द्रित गरी लघुवित्त कार्यक्रम समेत संचालन गरी बैंकिङ्ग सुविधा उपलव्ध गराउने छ ।

हालसम्मविकास बैंकले करिब १२ अर्ब ६१ करोड रुपैयाँनिक्षेप संकलनतथा १० अर्व ८७ करोड रुपैयाँकर्जा प्रवाह गरेको छ । राप्तीभेरी विकास बैंकलाई प्राप्ति (एक्विजिशन) गरे पश्चात बैंकको चुक्तापूँजी २ अर्व ३७ करोड पुगेको छ । गत आ.व. को नाफाबाट बोनस शेयर वितरण गरी नेपाल राष्ट्र बैंकले राष्ट्रियस्तरको विकास बैंकलाई तोकेको चुक्ता पूँजीपुग्नेछ ।