आर्थिक

माछापुछ्रे बैकको उन्नाईसौं वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । माछापछ्रे बैकले अठारौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शुक्रबार होटल पोखरा ग्राण्ड, पोखरामा बैंकका संचालक समितिका अध्यक्ष रोशन केसिको सभापतित्वमा सम्पन्न गरेको हो ।

उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७३÷७४को बार्षिक प्रतिबेदन पारित गर्नुकासाथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्तापूँजीको ९ प्रतिशत वोनस शेयरतथा ६ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । साथै, उक्त साधारण सभाले आगामी ३ वर्षको लागि जे.पी. राजवाहक एन्ड कम्पनीलाई बाह्य लेखापरीक्षक नियुक्ती गर्ने निर्णय पनि गरेको छ ।

हाल बैंकको चुक्तापूँजी रु ७अर्व ३९ करोड रहेकोमा उक्त साधारण सभाले पारित गरे बमोजिम बोनस शेयर जारी गर्दा बैकको चुक्तापूँजी रु ८ अर्व ५ करोड पुग्नेछ ।

बैंकले सोही अवसरमा नयाँ बजार, पोखरा स्थित नयाँ एटीएम काउण्टरको समेत उद्घाटन गरेको छ ।

बैंकले आ.व. २०७४।७५को पहिलो त्रैमाससम्ममा रु. २८ करोड ९ लाख खुदमुनाफा आर्जन गरेको छ । २०७४ असोज मसान्त सम्ममा रु ६०अर्व ३० करोड निक्षेप परिचालन गरी रु. ५४अर्व ४२ करोड कर्जा प्रवाह गरेको छ ।

बैकले पुर्वमाझापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु , ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ७ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ७३ स्थानवाट ग्राहकमहानुभावहरुमा सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको बैंकले जनाएको छ । साथै, बैंकको देशभर ८४ वटा एटीएमहरु संचालनमा रहेको छ ।