पु.समाचार

पूर्वप्रधानमन्त्री स्व.टंकप्रसाद आचार्यको सम्झना !

काठमाण्डौ । आज पूर्व प्रधानमन्त्री स्व.टंकप्रसाद आचार्यको १ सय ६ औं जन्मजयन्ती विषेश कार्यक्रमका साथ मनाइदैंछ । आइतबार बिहान टंकप्रसाद स्मृति प्रतिष्ठानले उनको शालिक प्रांगणमा एक कार्यक्रमको आयोजना समेत गरेको छ । कार्यक्रममा स्व.आचार्यको शालिकमा माल्यापर्ण समेत गरियो ।

कार्यक्रममा संवैधानिक समितिका पूर्व सभापति एवम् पूर्वमन्त्री निलाम्बर आचार्य, प्राध्यापक डा.मिना आचार्य, प्राध्यापक डा.शोभा पोख्रेल, टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष प्राध्यापक सोमप्रसाद गौचन, स्व.आचार्यका छोरा एवम् कृषि क्रान्तिका अभियन्ता विलभद्र आचार्य, आचार्य बन्धु समाजका महासचिव बाबुराम आचार्य लगायतले स्व.नेता आचार्यको शालिकमा माल्यापर्ण गरेका थिए ।

आइतबार स्व.नेता आचार्यको सम्झनामा देशभर बिभिन्न सरेकारवाला संघसंस्थाहरुबाट विविध कार्यक्रमहरु आयोजना हुँदैछन् ।