खेलकुद

चेल्सीको न्यूकासलमाथि प्रभावशाली जित

एजेन्सी ।  इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा चेल्सीले न्यूकासल युनाइटेडमाथि ३–१ को प्रभावशाली जित हासिल गरेको छ ।

खेलको १२ औँ मिनेटमा ड्वाइट गेलले गोल गर्दै अग्रता न्युकासल युनाइटेडका लागि दिलाएका थिए । तर उत्कृष्ट खेल प्रदर्शन गरेका इडेन हाजार्ड खेलको २१ औँ चेल्सीका लागि बराबरी गोल फर्काए । त्यस्तै अल्भारो मोराटाले ३३ औँ मिनेटमा गोल गर्दै चेल्सीलाई २–१ अग्रता बनाए ।

खेलको ७४औँ  मिनेटमा पाएको पेनाल्टीलाई इडेन हाजार्डले सजिलै गोलमा परिणत गर्दै चेल्सीलाई ३–१ को जित दिलाए । ७८ औँ मिनेटमा हाजार्डले ह्याट्रिक गर्ने सुनौलो अवसर पाएका थिए  तर त्यो मौकालाई उनले सदुपयोग गर्न सकेनन् ।

जितसँगै चेल्सीले १५ खेलबाट ३२ अंक बनाएको छ । न्युकासल युनाइटेडको भने १५ खेलबाट १५ अंक मात्र रहेको छ ।