पु.समाचार

यसरी रोचक बन्दैछ निधि र महतोको चुनावी भीडन्त

धनुषा । धनुषा निर्वाचन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका राष्ट्रिय जना पार्टी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो र नेपाली कांग्रेसका प्रभावशली नेता विमलेन्द्र निधिबीचको चुनावी टक्कर देशमै चर्चाको विषय बनेको छ ।

यो टक्करमा जित कसको हुन्छ भन्ने प्रश्नले नेपाली राजनीतिको बजार तताएको छ । निधि महतो भिडन्तमा जेलमा रहेको सञ्जय साह टक्लाको प्रवेशले झन रोचक बनाईदिएको छ ।

यो निर्वाच क्षेत्रमा जनकपुर उपमहानगरपालिकाका २५ वडामध्ये १७ वटा, नगराईन नगरपालिका, विदेश नगरपालिकाको ९ नम्बर वडा तथा मुखियापट्टी मुसरनिया र धनौजी गाउँपालिका पर्छन् ।

आइतबारको नागरिकमा लेखिएको छ, यहाँ वैश्य समुदायको बाहुल्य छ । यो समुदायमा तेली, सुडी, कानु, कलवार, रौनियार कसेरा, कथवनियाँ, सुनार, लहेरी, ठठेरीलगायत जान पर्छन् ।