पु.समाचार

उपेन्द्र यादव बमको निशानामा

धनुषा । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव चढेको गाडीलाई लक्षित गर्दै बम प्रहार गरएिको छ । फूलगामाबाट चुनावी अभियान सकेर जनपुर फर्किदै गरेका यादव चढेको गाडीमाभन्दा दस मिटर पर सकेट बम विस्फोट भएको प्रहरीले जनाएको छ ।

आइतबारको नागरिकमा लेखिएको छ, राष्ट्रिय जनता पार्टी नेपालको चुनावी अभियानबाट फर्किने क्रममा जनकपुर उपमहानगरपालिका १२ स्थित नोचा पोखरी नजिकै बम विस्फोट भएको थियो । बमबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।