पु.समाचार

वाम गठबन्धनभित्र शंका–उपशंका सुरु

काठमाण्डौ । पहिलो चरणअन्तर्गत सम्पन्न निर्वाचनमा अपेक्षा गरेअनुसारको मत नखसेको भन्दै वामपन्थी गठबन्धनभित्र शंका उपशंका उब्जिएको छ । एमाले र माओवादी केन्द्रबीच चुनाव प्रचार प्रसारको क्रममा पार्टी एकता हुने प्रतिवद्धता नेताहरुले व्यक्त गरे पनि निर्वाचनसम्मका लागि मात्र हो कि भन्ने कार्यकर्ताहरुको आशंका हटेको छैन ।

दुवै दलले निर्वाचन लगत्तै पार्टी एकता गर्ने घोषणा गर्दै आएका छन् ।  तर पार्टीभित्रै हतारमा पार्टी एकता गर्न नहुने पक्षमा पनि नेताहरु देखिएका छन् भन्दै शनिबारको नेपाल समाचारपत्रमा समाचार लेखिएको छ ।