मनोरञ्जन

अन्ततःयसरी अँगालोमा बाँधिने भए बलिउड अभिनेत्री अनुष्का र विराट कोहली !

एजेन्सी । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र बलिवुडकी अभिनेत्री अनुष्का शर्माको विवाह गर्ने खबरले अहिले बलिवुड र क्रिकेट दुनियाँ तातेको छ ।
श्रीलंकाविरुद्ध डिसेम्बर १० देखि हुने एकदिवसीय क्रिकेटका लागि विराटलाई आराम दिएपछि विराट र अनुष्काको विवाह हुने खबर फेरी तातिएको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले सोमबार घोषणा गरेको एकदिवसीय टिममा विराट कोहलीलाई समावेश गरिएको छैन भने बोर्डले उनलाई आराम दिइएको मात्र बताइएको छ ।

भारतीय मिडियाहरुका अनुसार विराट र अनुष्काले डिसेम्बरमा विवाह गर्न लागेको समाचार प्राथमिकताका साथ प्रकाशित गरेका छन् । विवाहको मिति तय हुन् बाँकी रहेपनि अनुष्काको मुम्बई स्थित घरमा र विराटको दिल्ली स्थित घरमा विवाहको तयारी शुरु भएको बताइएको छ ।

विराट डिसेम्बरमा क्रिकेट टिममा नपर्नु र अनुष्काले पनि डिसेम्बरमा कुनै फिल्मको शुटिंगको सेड्युल नहुनुलाई बलिवुडमा विशेष महत्वको रुपमा हेरिएको छ । विराट र अनुष्काले पछिल्लो केहि बर्षदेखि प्रेम सम्बन्धमा रहेका र विराट र अनुष्का सन् २०१३ मा भारतीय क्रिकेट टिमको इङल्याण्ड भ्रमणमा विराटसँग देखिएपछि निकै विवाद भएको थियो । अनुष्का विराटसँग देखिनु र विराटले सो सिरिजमा राम्रो खेल्न नसक्नुलाई भारतीय क्रिकेट प्रेमीहरुले अनुष्कालाई दोषी भन्दै कडा आलोचना गरेका थिए ।

त्यसपछि सन् २०१५ मा विराट र अनुष्काबीच ब्रेकअपको खबरले फेरी सनसनी मच्चिएको थियो । तर हालै विराट र अनुष्काको जोडीको एक विज्ञापनमा सँगै देखिएपछि दुवैले विवाह गर्न लागेको अड्कल बढेको थियो भने पछिल्लो घटनाक्रमले विराट र अनुष्का सधैका लागि एक हुने तयारी गरेको देखिएको छ ।