अन्तर्राष्ट्रिय

युक्रेनको अदालतमा विस्फोट, एकको मृत्यु, १० जना घाइते

एजेन्सी । युक्रेनको अदालतमा बिहीबार भएको विस्फोटमा परी एक जनाको मृत्यु भएको छ भने अरु १० जना घाइते भएका छन् । पूर्वी युक्रेनमा पर्ने डिनीप्रोपेट्रोभास्क क्षेत्रमा रहेको अदालतमा ग्रिनेड विस्फोटन भएको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय समय अनुसार विहान ११।२० मा विस्फोटनको घटना भएको प्रहरी अधिकारीहरुले बताएका छन् । विस्फोटन भएका बेला अदालतमा सुनुवाई भइरहेको थियो ।

घटनामा परी घाइते भएका दश जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको एक प्रहरी अधिकारीले जानकारी दिएका छन् । घटनाका बारेमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको पनि उनले बताए ।