आर्थिक

सरकारले सुरु गर्यो पाँच नयाँ सुरुङ मार्ग निर्माणको अध्ययन (नामसहित)

काठमाण्डौ । सरकारले पाँच नयाँ सुरुङ मार्ग निर्माणको अध्ययन सुरु गरेको छ। भौगोलिक बनावटको कारण लामो यात्रालाई छोट्याएर सवारी गुडाउन सुरुङ मार्ग निर्माण गर्ने प्रक्रिया सुरु गरेको हो।

दुईवटा सुरुङ मार्ग निर्माण गर्न प्रारम्भिक अध्ययन सुरु गरिएको सडक विभागका महानिर्देशक गोपालप्रसाद सिग्देलले बताए । ‘नौबिसे–नागढुंगा सुरुङ मार्गको काम अघि बढेको छ,’ उनले भने, ‘अन्य सम्भावित ठाउँमा पनि अध्ययन अघि बढेको छ ।

शुक्रबारको नागरिकमा लेखिएको छ, पोखराको हेम्जादेखि नागडाँडा–काँडे–लुम्ले सडकलाई छोट्याउन हेम्जा–नयाँ पुल सुरुङ मार्गको अध्ययन सुरु गरिएको छ । त्यसैगरी नवलपरासीको दाउन्ने, विपी राजमार्गमा पर्ने खुर्कोट–सिन्धुली बजार, कुलेखानी–हेटौंडा सुरुङ मार्ग रहेका छन् । त्यसैगरी नुवाकोट जोड्ने टोखा–छहरेमा सुरुङ मार्ग बनाउने सरकारी योजना छ ।