राजनीति

देवघाटको महत्व अन्तर्राष्ट्रियस्तर सम्म पु¥याउने छुः वरिष्ठ नेता पौडेल

दमौली, तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देवघाट क्षेत्रको धार्मिक महत्वलाई अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउने बताएकन छन् ।

देवघाट गाउँपालिका–५ मा आज आयोजित चुनावीसभामा उनले भन्नुभयो, “देवघाटको महत्वलाई विश्वभरी छरिएर रहेका हिन्दू धर्मावलम्बीसम्म पु¥याएर अन्तर्राष्ट्रियस्तरमै चिनाउने लक्ष्य मेरो छ ।”

तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका नेता पौडेलले देवघाटमा देखिएको अव्यवस्थित बसोबास र खानेपानी समस्यालाई समाधान गर्न आफू तयार रहेको बताए ।

देवघाटदेखि नवलपरासी र चितवनलगायत क्षेत्रमा जोड्ने पक्की पुल लगायतको सर्भेको काम सकिएको र निर्माण चरणमा रहेकाले अब यस क्षेत्रको विकासले गति लिने उल्लेख गर्दै उनले विभिन्न जातजातिको बसोबास रहेको देवघाट क्षेत्रको संस्कृतिको संरक्षण गर्न आफू प्रतिबद्ध रहेको बताए ।

वरिष्ठ नेता पौडेलले लोपोन्मुख आदिवासी, जनजाति, बोटे समुदायको संग्रहालय निर्माण गर्न पहल गर्ने पनि बताए ।