स्वास्थ्य

राजधानीका अस्पतालमा मुटु परीक्षण गर्नेको भीड

काठमाण्डौ । नेपालीहरु रोगप्रति कत्तिको सचेत छन् भन्ने कुरा माओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको अकस्मात हृदयघातबाट उपचार गराउनै नपाई मृत्यु भएपछि देखिन थालेको छ ।

अहिले अस्पतालको मुटुरोग विभागमा जचाउन आउनेको भीड लाग्न थालेको छ । यति बेला शहरी क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरु बढी मात्रामा यो घटनाबाट अत्तालिएर फोन गर्ने, डाक्टरको पालो सोध्ने, रोगको लक्ष्यण के के हुन्छ, प्राथमिक उपचार हुन्छकी हुन्न भनेर जिज्ञाशा राख्ने र अस्पतालमै आएर परीक्षण गराउने संख्यामा दोब्बर नै बृद्धि भएको सरकारी तथा निजी क्षेत्रका ठूला अस्पतालहरुले जनाएका छन् ।

पहिला पहिला ४० बर्ष कटेपछि मुटुको जाँच गराउन सल्लाह दिइँदै आएकोमा यति बेला ३५ बर्षदेखिका युवाहरु आत्तिएर अस्पताल आउने र मुटुमा घोचेजस्तो, चस्केजस्तो भएको छ भन्दै चिकित्सकसँग सल्लाह लिनेको संख्या उल्लेख्य मात्रामा बढ्दै गएको छ भन्दै बिहीबारको नेपाल समाचारपत्रमा लेखिएको छ ।