पु.समाचार

मुगुबाट नेपालगञ्ज गइरहेको जिप दुर्घटनाग्रस्त, ३ जनाको ज्यान गयो

कालिकोट । मुगुबाट नेपालगञ्जका लागि छुटेको लु २ च २००३ नम्बरको बोलेरो जिप मंगलबार राति कालिकोटको अस्पतालमोडमा दुर्घना हुँदा तीनजनाको ज्यान गएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेमा मुगुको भिई–७ का ४५ वर्षका जयरुप बुमी, श्रीनगर–३ का ४६ वर्षका नरबिक्रम मल्ल र जुम्लाको चन्द्रनाथ–१४ कार्तिकस्वामीका युदुराज न्यौपाने रहेको प्रहरीले जनाएको छ ।

घटनामा ६ जना घाइते भएका छन् । घाइते मध्य एकको अवस्था गम्भीर रहेको छ । घाइतेको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।