पर्यटन/संस्कृति

यती एयरलाइन्सद्धारा यात्रु सेवाको लागि प्रयोग नहुने विमान हस्तान्तरण

काठमाण्डौ । यति एयरलाइन्सले आफुसँग भएको यात्रु सेवाको लागिप्रयोग नहुने BAE प्रणालीको जेटस्ट्रिम ४१ (सिरियल नं. ४१०१७) लाई भैरहवा स्थित गौतमबुद्ध विमानस्थल अन्तरर्गतको उद्धार तथा अग्नि निवारणको दैनिक अम्यास प्रयोजनार्थ हस्तान्तरण गरेको छ ।
नागरिक उड्डयन प्राधिकरण नेपालले उक्त विमानलाई अग्नि नियन्त्रण तथा आकस्मिक उद्धार तालिमको लागि प्रयोग गर्ने बताईएको छ । यस्ता विमान प्रयोग गरि प्रदान गरिने तालिमले नेपालका नागरिक उड्डयन क्षेत्रका सरोकारवाला तथा यात्रुहरुलाई फाइदा पुग्नेमा यति एयरलाइन्स विश्वस्त छ ।
विमान हस्तान्तरण एक औपचारिक कार्यक्रमकाबिच सोमबाटर सोमबार एयरलाइन्सका ग्राउण्ड ह्याण्डलीङ्ग मेनेजर अंकुर जंग राणाले गौतमबुद्ध विमानस्थल नाउ कार्यालयका प्रमुख शिशिल चित्रकारलाई उक्त विमान हस्तान्तरण गरेका थिए ।
उडान कार्यका अतिरित्त यति एयरलाइन्स देशका नागरिक उड्डयन क्षेत्र तथा समाजको उत्थानका लागि हरदम सक्रिय र प्रतिबद्ध रहेको एयरलाईन्सले जनाएको छ ।
स्मरणीय यो छ कि यस भन्दा पहिले नेपालमा कुनै पनि निजी विमान कम्पनीद्धारा यस्ता विमानहरु सार्वजनिक हितका लागि हस्तान्तरण गरेका थिएनन् ।