राजनीति

‘वाम गठबन्धनका कारण लोकतन्त्र खतरामा’ : प्रधानमन्त्री

सुरुङ्गा, झापा । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वाम गठबन्धनका कारण लोकतन्त्र खतरामा परेको बताएका छन् ।

झापा क्षेत्र नं ५ स्थित गौरादहमा सोमबार आयोजित काँग्रेसको चुनावीसभालाई सम्बोधन गर्र्दै उनले धेरै संघर्ष गरेर ल्याइएको लोकतन्त्रमा एकदलीय कम्युनिष्ट शासन लाद्न खोजिएको आरोप लगाए।

प्रधानमन्त्री देउवाले निरङ्कुशता ढालेर लोकतन्त्र ल्याए पनि फेरि नेपालमा एकदलीय कम्युनिष्ट शासन स्थापना गर्ने प्रयास भइरहेको र अहिलेको चुनाव एकदलीय कम्युनिष्ट शासन र बहुदलीय प्रजातन्त्र मान्नेबीचको चुनावसमेत भएको बताउँदै विचार पु¥याएर मतदान गर्न आग्रह गरे ।

सभामा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनले लोकतन्त्रको भ¥याङ चढेर नेपालमा अधिनायकवाद ल्याउन खोजेको आरोप लगाउँदै वाम गठबन्धन नेपाललाई साम्यवादको जञ्जिरमा लैजाने प्रपञ्च मात्रै भएको विचार व्यक्त गरे ।