अन्तर्राष्ट्रिय

बेलायती राजकुमार ह्यारीको विवाह अमेरिकी एक नायीकासँग सुनिश्चित

लण्डन । बेलायती राजकुमार ह्यारीको अमेरिकी एक नायिकासँग विवाह हुने सुनिश्चित भएको छ । अमेरिकी महिला मेगान मार्कलसँग राजकुमार ह्यारी सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा रहेका थिए ।

राजकुमार ह्यारीले मार्कलसँग मंगनी गरेर सोमबार दुई जनाको संयुक्त फोटो सार्वजनिक गरेका छन् । प्रेमी जोडीको रुपमा राजकुमार ह्यारी र मार्कलको फोटो गत सेप्टेम्बर महिनामा पहिलो पटक सार्वजनिक भएको थियो ।

एक विज्ञप्तिमा ह्यारीले विवाह पक्का भएको बारे घोषणा गर्न पाउँदा आफूलाई खुसी लागेको र विवाहको लागि मार्कलको बाबुआमाको आशीर्वाद पनि पाएको बताएका छन् ।

उनीहरुले आगामी केही महिनापछि विवाह गर्नुहुने भएको छ भने विवाहपछि केन्जीङ्गटन प्यालेसमा रहेको नटिङ्गम कटेजमा बस्नेभएका छन्।

बेलायती राजपरिवारका सदस्यहरु मध्येबाट पाँचौ पालोमा राजगद्दी सम्हाल्नेछन् ।