राजनीति

काठ्माण्डौ-१ प्रदेश र प्रतिनिधिसभा दुबै काँग्रेसको पोल्टामा

काठमाण्डौ । काठमाण्डौ क्षेत्र नम्बर-१ प्रतिनिधिसभा प्रत्यक्षतर्फका उमेर्द्वार प्रकाशमान सिंहको पछिललो अवस्था सुध्रदै गएको देखिएको छ । ०६४ र ७० मा निर्बाचन जितेर एकपटक पनि फर्किएर नआएको आरोप खेप्नुपरेका नेता सिंह घरदैलो मार्फत बिहान र बेलुका जनतासंग गुनासो सुन्दै मत माग्न गएका कारण स्थानीय जनतासंग घुलमेल हुन थालेका छन् ।

गणेशमान सिंहका छोरा भएका कारण उनी नेता भएका हुन भन्ने आरोप लागे पनि नेता सिंहमा जनताको गुनासा सुनेर समाधानका लागी उपाय खोज्ने क्षमता भएको स्थानीय काँग्रेस नेताले दाबी गरेका छन् ।

स्थानीय तहको निर्बाचनमा तीनवटै वडा जितेको प्रदेश क मा दिपेन्द्र श्रेष्ठलाई टिकट दिएको छ भने प्रदेश ख मा सुरजचन्द्र लामिछानेलाई टिकट दिएको छ । तिनवटै वडा जितेको वडा नम्बर १०, ११ र २९ अथवा प्रदेश क मा नेपाली काँग्रेस बीपीबाट उठेका अन्जान लामा, एमाले माओबादी गठबन्धनबाट बिष्णुकुमारी भुषाल, तथा बिबेकशील साझा पार्टीका तर्फबाट समिक्षा बास्कोटाले दीपेन्द्रलाई चुनौती दिनेछन् भने प्रदेश ‘ख’ वडा नम्बर ३१ मा स्थानीय तहको निर्बाचनमा काँग्रेसले हारेपनि पछिल्लो समयमा काँग्रेसको राम्रो भएको वडा नम्बर ३१ काँग्रेसले बताएको छ, लामा काँग्रेसबाट नै पछिल्लो समयमा विपी पार्टीमा गएर उठेका पूर्ब नेबिसंघका नेता हुन् भने बास्कोटा पनि बानेश्वरकी स्थानीय बासिन्दा हुन् ।

। वडा नम्बर ३१ कांग्रेसका एक नेताका अनुसार जनताले स्थानीय तह र केन्द्रमा मत दिदा फरक तरिकाले सोच्ने हुंदा उक्त वडाबाट काँग्रेसको नै बढी मत खस्छ, प्रदेश ख मा भने बागी छैन ।

पछिललो समयमा पुर्ब उपप्रधानमन्त्री समेत रहेका नेता सिंह काठ्माण्डौ क्षेत्र नम्बर १ का प्रत्येक घरमा मत माग्न गएका छन्, उनले काँग्रेसले गरेका बिगतका कामहरुलाई हेरेर आफूलाई मत दिन आग्रह गरेका छन् । बिहान ७ बजे देखी ११ बजे सम्म अनि बेलुकी ३ बजेदेखी ६ बजेसम्म नेता सिंहको घरदैलो कार्यक्रम यथावत छ । उनले जनताका गुनासा घरदैलोमा नै गएर सुन्ने कार्यले पछिल्लो समयमा क्षेत्र नम्बर १ का जनता उनीप्रति थप आशाबादी भएको बताईन्छ । रवीन्द्र मिश्रका अलबा नेपाली कााग्रेस बीपी का केन्द्रीय सभापति र एमाले माओबादी गठबन्धनका अनिल शर्माले समेत नेता सिंहलाई चुनौती भने दिईरहेका छन् ।